जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत

    जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत

    ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अहिले नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ ।

    भविष्यमा ठूला घटना हुँदा देखिने संकेत कस्ता कस्ता ?

    १ दुध
    विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।

    २ ऐना

    घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।

    ३ चक्कु

    यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिषशास्त्रीको दावी छ ।

    ४ कुचो

    घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किन भने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।

    ५ कालो पोषाक
    कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् ।

    ६ चाँवी

    चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ ।