जर्मन फुटबलका ‘सम्राट’ बेकनबरको निधन

    जर्मन फुटबलका सम्राट भनेर चिनिने फ्रान्ज बेकनबर ७८ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षक दुबैको रुपमा विश्वकप जितेका बेकनबरको सोमबार निधन भएको हो।

    उनले खेलाडीको रुपमा जर्मनलाई सन् १९७४ मा र प्रशिक्षकको रुपमा सन् १९९० मा विश्वकप जिताएका थिए। सन् १९९४ मा बेकनबर पश्चिम जर्मनीको कप्तानको रुपमा थिए। उनकै कप्तानीमा जर्मनीले विश्वकप जितेको थियो। पछि उनै बेकनबर प्रशिक्षक बनेर सन् १९९० मा जर्मनीलाई विश्वकप जिताएका थिए।

    उनी खेलाडीको रुपमा डिफेन्डर पोजिसनमा खेल्थे। बार्यन म्युनिखबाट उनले ५८२ क्याप खेलेका थिए। त्यतिबेला खेलाडी र व्यवस्थापक दुबैको रुपमा म्युनिखले धेरै सफलता हात पारेको थियो।

    फुटबलका काइजर (सम्राट) उपनामले चिनिने उनले सन् १९७२ मा युरोपियन च्याम्यिनसिप र दुई पटक बालोन डी–ओर समेत जितेका थिए। बेकनबरको निधनबारे उनको परिवारले पहिलोपटक जर्मन न्यूज एजेन्सी डीपीएलाई जानकारी गराएका थिए।

    उनको मृत्युको कारणबारे भने केही खुलाइएको छैन। उनी पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए।