जाडोमा तातो पानीको बाफ लिदा पाईन्छ ८ यस्ता फाईदाहरु

    जाडोमा तातो पानीको बाफ लिदा पाईन्छ ८ यस्ता फाईदाहरु

    यदी कम्तिमा हप्ताको ३ पटक तातो पानीको बाफ लिनुहुन्छ भने मात्र पनि कयौ स्वास्थ्य समस्याबाट छुटकारा पाउनुहुनेछ ।

    साझा पार्क, स्वास्थ्य डेस्क – जाडो महिना स्वास्थ्य समस्या लिएर आउछ । यो समयमा कयौ समस्याहरु तपाईं हामीले प्राय भोग्ने गरेका छौ । रुघ-खोकी, ज्वरो, सुख्खा छाला, हात्-खुट्टा, ओठ तथा गाला फुट्ने समस्या सधरणतया दोहोरिरहने र धेरै मानिसमा आउने समस्या हुन । तर अब तपाईं चिन्तित नहुनुहोस् किनकी यहाँ त्यस्तो तरिका प्रस्तुत गरिदै छ जसले तपाईंलाई यि समस्या बाट टाढै राख्नेछ । यदी हामी दिनहु वा कम्तिमा हप्ताको ३ पटक तातो पानीको बाफ लिन्छौ भने यि समस्या बाट जोगिन सक्छौ ।

    बाफले कसरी गर्छ त काम ?

    तातो पानीको बाफ हाम्रो नाकको माध्यम हुँदै फोक्सो तथा सरिरमा गएर गर्मी पैदा गर्छ र खराब ब्यक्टेरिय मार्ने काम गर्दछ । जसले चिसोको समस्या र कफ निर्मुल गर्दछ । साथै जब तातो बाफ हाम्रो छालामा पर्छ त्यसले छलाको पोर्स खोल्ने काम गर्दछ, जसले छालामा रहेको फोहोरो निकाल्ने काम गर्दछ। जसले स्किन स्वस्थ हुन्छ । तातो पानीको बाफ लिनाले निम्न फाईदा हुने चिकित्सकहरु बताउछन-

    – रुघा-खोकी निर्मुल : नियमित तातो पानीको बाफ लिनाले मौसमी रुघा सन्चो हुन्छ भने स्वस्थ मान्छेले तातो पानीको बाफ लिदा यस्तो रुघा लाग्दैन ।

    – सुख्खा छालाबाट मुक्ती : यदी तपाईंको छाला सुख्खा हुन्छ भने तातो पानीको बाफ वा स्टिम बाथ लिदा छाला सुख्खा हुने समस्या बाट मुक्ती मिल्छ ।

    – दमबाट राहत : तपाईंलाई दमको समस्या छ भने अवस्य दिनहु तातो पानीको बाफ लिनुहोस । जसले तपाईंको सुन्निएको श्वास नलीलाइ राहत प्रादन् गर्छ भने तपाईंलाई दमको समस्या कम हुन्छ ।

    – सुन्दरता बढाउछ : तातो पानीको बाफ लिनाले छालामा रहेको मिहिन फोहोरो हटाएर छाला का स-साना छिद्रहरु पनि खोल्छ र डेड स्किन सेल पनी हटाउछ । जसले तपाईंलाई प्राक्रितिक रुपमै सुन्दर बनाउछ । साथै यसले छालामा रहेका ब्यक्ट्रियाहरु पनि मार्ने/हटाउने गर्दछ जसले तपाईंको छालाको रोग पनि निको हुन्छ ।

    – पिम्पल बाट मुक्ती : तपाईं किसोरबस्थामा हुनुहुन्छ भने पिम्पल आएर हैरान हुन सक्नुहुन्छ । तर आतिनु पर्दैन, नियमित तातो पानीको बाफ लिनुहोस् पिम्पल आँफै हराएर जान्छ । तातो पानीको बाफ छालामा रहेका स-साना छिद्रबाट तपाईंको सरिरमा गएर फोहोरो र ब्यक्त्रिया को नाश गर्छ जसले तपाईंको पिम्पल लगाएका समस्या निर्मुल हुन्छन ।

    – ब्ल्याक हेड हाटाउछ : छालामा बिभिन्न करणले म्रित कोश तथा मृत ब्याक्टेरिया रहेर तपाईंको छाला कुरुप बनाएका हुन्छन । जसलाई ब्ल्याक हेड भन्ने गरेका छौ । यि समस्या नियमित रुपमा तातो पानीको बाफ लिदा आँफै हराएर जान्छन । कुनै औषधी वा ब्लिच वा फेसिअल को आवस्यकता पर्दैन ।

    – ब्यक्टेरिया बाट मुक्ती : तातो पानीको नियमित बाफ लिदा ब्यक्टेरिया बाट मुक्ती मिल्छ ।

    – चाउरी कम गर्दछ : उमेर वा नियमित स्वास्थ्य समस्याको करणले हामीमा चाउरिपन आउने गर्दछ । यसले हाम्रो उमेर बढी भएको देखाउछ भने सुन्दरता पनि कम गर्दछ । नियमित रुपमा तातो पनिको बाफ लिदा यो समस्या पनि कम हुने दाबी गर्दछन चितिक्सकहरु ।

    तातो पानीको बाफ लिने सहि तरिका

    यदी तपाईंसँग तातो पानीको बाफ लिने मेसिन छ भने एक भाडोमा ३-४ कप सफा पानी राख्नुहोस् र ढक्नुहोस् । यसलाई ५-८ मिनेटसम्म तताउनुहोस । एउटा सफा कटनको कपडाले टाउको छोपी भाडोको ढक्कन हटाएर ५ देखी १० मिनेटसम्म बाफ लिनुहोस् । यो सकवर दिनहु नभए हप्तामा कम्तिमा ३ पटक गर्नुहोला ।