इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट बुधबार २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ। थप दर्जनौं घाइते भएका छन्।
गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ।
यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको छ।