मुटु स्वास्थ्य राख्न चाहानुहुन्छ खानुहोस तोरीको साग, यस्ता छन् अन्य फाइदाहरु

    मुटु स्वास्थ्य राख्न चाहानुहुन्छ खानुहोस तोरीको साग, यस्ता छन् अन्य फाइदाहरु

    तोरीको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय धेरै जसो मानिसको भान्सामा पाकिने तरकारी पनि हो । यो गाउ घरमा सहजै रुपमा छरेर साग खान सकिन्छ । यसको सेवन गर्दा विभिन्न किसिमका रोगबट बच्न सकिन्छ । तोरीको तेल खादा पनि हामि स्वास्थ हुन्छौ । यो हाम्रो स्वास्थ्यको लागी लाभदाएक छ ।

    यसको सेवन गर्नाका विभिन्न फाइदाहरु छन् । यसले क्यान्सरको जोखिम कम गर्छ तोरीको सागमा एन्टिअक्सिडियन्ट र अनुत्तेजक तत्व हुन्छ । जसले क्यान्सरको जोखिम कम गर्छ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयमा हुने क्यान्सरको जोखिमलाई कम गर्छ ।

    तोरीको सागको नियमित सेवनले मुटु स्वास्थ्य राख्न पनि सहयोग गर्छ । यसलेरगतमा कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड भिटामिन एम० को मात्रा बढाउँछ ।मुटु स्वस्थ राख्छ तोरीको सागको नियमित सेवनले कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड भिटामिन एम० को मात्रा बढाउँछ ।

    पाचनक्रियामा सहयोगी यो साग पोषणयुक्त फाईबरको मुख्य स्रोत पनि हो । यसले मलाशयलाई राम्रो गर्छ, मेटाबोलिजमलाई व्यवस्थापन गर्छ र पाचन प्रणालीलाई समेत सहयोग गर्छ ।क्याल्सियम र पोटासियमको स्रोत भएको कारणले हड्डीसँग सम्बन्धित सबै समस्याबाट मुक्त गराइ आँखालाई तेजिलो बनाउन मद्दत गर्छ ।