यी वनस्पतिको पूजा गर्नाले मिल्नेछ ग्रह दोषबाट मुक्ति

    ज्योतिष शास्त्रअनुसार नवग्रहको शान्तिमा प्राकृतिक रूख र बोटबिरूवाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। यदि कुनै विशेष ग्रहले तपाईंलाई कष्ट दिइरहेको छ भने त्यस ग्रहको मनपर्ने वनस्पतिको पूजा गर्नुहोस्, त्यस नवग्रहको बीज मन्त्र जप गर्नुहोस्, तपाईंलाई त्यो ग्रहले राम्रो परिणाम दिन थाल्छ।

    ग्रह दोषअनुसार कुन वनस्पतिको पूजा गर्ने?

    सूर्य दोष

    यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य दोष अर्थात् मूलांक संख्या १ छ भने उसले आक (मदार) को बिरूवाको पूजा गर्नुपर्छ । सूर्य भगवानको बीज मन्त्र जप गर्नुपर्छ।

    चन्द्र दोष

    मूलांक संख्या २ हुने व्यक्तिको कुण्डलीमा चन्द्र दोष हुन्छ। चन्द्रमाको कृपा प्राप्त गर्न शिवको पूजासँगै पलाशको बिरूवाको पनि पूजा गर्नुपर्छ । यसो गर्नाले चन्द्र दोष भएका व्यक्तिको मनमा शान्तिको अनुभूति हुन्छ।

    मंगल दोष

    मंगल दोष त्यस्ता व्यक्तिमा हुन्छ जसको मूलांक संख्या ९ हुन्छ। यस्ता व्यक्तिले खयरको रूखको पूजा गर्नुपर्छ। ११ मंगलबार खयरको रूखमा जल चढाएर ५ पटक परिक्रमा गर्नुहोस्। तपाईको मंगल दोष कम हुनेछ।

    बुध दोष

    बुध दोष भएकाहरूले अपमार्गको बिरूवाको पूजा गर्नुपर्छ। बुधको बीज मन्त्र हरेक दिन ११ पटक जप गर्नुहोस्। ११ ब्राह्मणहरूलाई भोजन गराउनुहोस्।

    गुरू दोष

    गुरू दोष भएका व्यक्तिले पीपलको रूखको पूजा गर्नुपर्छ।

    शुक्र दोष

    शुक्र दोष भएका व्यक्तिले गुलरको बिरूवाको पूजा गर्नुपर्छ। यसका साथै ९० दिनसम्म मालाको जप गर्नुहोस्।

    शनि दोष

    शमीको रूखको पूजा गर्नुहोस्।

    राहु दोष

    राहु दोषबाट पीडित व्यक्तिले कुशको जरामा जल चढाएर पूजा गर्नुपर्छ। १८ हजार राहु बीज मन्त्रको जप गर्नुपर्छ।

    केतु दोष

    केतु दोष भएका व्यक्तिले दुबोको पूजा गर्नुपर्छ। केतु बीज मन्त्र १०,००० पटक जप गर्नुहोस्।