मधुमेहका बिरामी टाढै रहनुपर्ने यी ११ खाना

    रगतमा चिनीको मात्रा सामान्यभन्दा बढि रहने अवस्था नै व्यक्तिलाई ‘मधुमेह’ रोग अर्थात् ‘सुगर’ लागेको अवस्था हो । जसलाई समयमै नियन्त्रण नगरिएको खण्डमा परिणाम स्वरुपः व्यक्तिमा गम्भीर खालका स्वास्थ्य जटिलताहरु निम्तिने सम्भावना उच्च रहन्छ ।

    तसर्थ मधुमेहका प्रत्येक बिरामीेले आफुले खान हुने र नहुने खानाको विषयमा आवश्यक जानकारक रहि सोहि अनुरुप खानामा नियन्त्रण गर्नुपर्दछ ।

    स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्त राख्न मद्दत गर्दछ । जसकारण व्यक्ति आफुले खान हुने वा नहुने खानाको सम्बन्धमा जानकारक रहनु पर्छ । यदि तपाई मधुमेहको बिरामी हुनुहुन्छ, भने यस आर्टिकलले तपाईलाई तपाईले खान नहुने खानाबारे उचित जानकारी प्रदान गर्न मद्दत गर्छ । ।

    १. चिनीयुक्त गुलिया पेय पदार्थ

    कृत्रिम गुलियो पेयपदार्थ मधुमेहका बिरामीले खानै नहुने हानिकारक खानामध्ये एक हो ।
    पेय पदार्थमा चिनीको मात्रा अत्याधिक रहने भएकाले मधुमेह बिरामीका लागि यसको सेवन उचित मानिदैन । तसर्थ मधुमेहका बिरामीे सक्दो यस प्रकारको गुलियो पेयपदार्थको सेवनबाट टाढै रहनु पर्छ ।
    चिनीको मात्रा पाइने गुलियो पेयपदार्थका केहि उदाहरणहरु निम्न रहेका छन्ः

    नियमित सोडा/ फु्रट पन्चेस, स्वीटेन्ड वाटर र अन्य
    कफिजन्य पदार्थ : फ्यापचिनोज वा क्यापचिनोज: म्याकिआटो र अन्य ।

    २. होल मिल्क

    अन्य दुधको तुलनामा ‘होल मिल्क’ मा फ्याट तथा क्यालोरीको मात्रा अधिक रहन्छ । यसप्रकारको दुध सेवनले व्यक्तिको तौल बढाउँदै व्यक्तिलार्ई मोटोपनतर्फ डोर्‍याउन मद्दत गर्छ ।

    विभिन्न अध्ययन अनुसन्धानका अनुसार, मोटा मानिसहरुमा मधुमेह तथा अन्य स्वास्थ्य समस्याको जटिलता उच्च रहन्छ ।
    तसर्थ व्यक्तिले होल मिल्कको पिउने आफ्नो यस बानीलाई हटाई फ्याटको मात्रा कम भएको वा सकेसम्म स्किम दुध(फ्याट तथा केहि क्यालोरीको मात्रा हटाइएको) दुधको सेवन गर्नुपर्छ ।

    यस्तै ल्याक्टोज (चिनी भएको दुध) सह्य नहुने व्यक्तिले त्यसको विकल्पस्वरुप अल्डमोण्ड(देशी बदाम) मिल्क, सोय(भटमास) मिल्क अथवा राइस मिल्कको प्रयोग गर्न सक्छन् ।

    ३. नास्तामा प्रयोग गरिने अनाज

    नास्तामा प्रयोग गरिने अनाज अन्नलाई प्रशोधित गरेर दूुधसंग खानका लागि तयार गरिएको हुन्छ । त्यस्ता खाद्य कृत्रिम रुपमा गुलियो हुने भएकोले त्यसमा मोटोपन र चिनीको मात्रा उच्च रहन्छ ।

    यद्यपि मधुमेहका बिरामीले भने यसको विकल्प स्वरुप बजारमा सजिलै पाइने लो(कम) फ्याट भएका अनाजको प्रयोग गर्न सकिन्छ ।

    ४. मकै

    मकै एक फाइबर, भिटामिन एवम् मिनरल्सयुक्त खाद्य हो । स्टार्चको मात्रा अधिक रहने भएकोले मकैले रगतमा चिनीको मात्रालाई प्रोत्साहन गर्छ । जसकारण पनि मधुमेह बिरामी मकै सेवनबाट टाढै रहनुपर्छ ।

    यद्यपि मधुमेहका बिरामीले के बुझ्नुपर्छ भने, यी समूहले पनि चिकित्सकको सल्लाहअनुसार मकैको केहि मात्रा भने अवश्य उपभोग गर्न सकिन्छ ।

    ५. ट्रान्स फुड
    शरीरमा फ्याटको मात्रालाई बढाउने खाना अवस्थकर खाना हुन् । यद्यपि यस्ता खानाले मधुमेहका बिरामी(चिनीको मात्रा)लाई प्रत्यक्ष रुपमा असर नगर्ने भएपनि यी खानाले व्यक्तिको मुटुमा सूजन गराउने वा मुटु एवम् धमनीसम्बन्धि गम्भीर प्रकृतिका अनेकौ समस्याहरु उत्पन्न गराउँछ ।

    केक, पाई क्रस्ट, बिस्कुट, फ्रोजन गरी राखिएका पिज्जा तथा क्रेकरहरु शरीरमा फ्याटको मात्रालाई बढावा दिने खानाको गतिलो उदहारणहरु हुन् ।

    ६. प्याक गरिएका लन्च मिट

    यस प्रकारका खानाहरुलाई पहिल्यै बचाउ गरी पहिल्यै तयार अवस्थामा राखिएका हुन्छन् । यी खानामा पनि स्याचुरेटेट फ्याट एवम् सोडियमको मात्रा उच्च रहन्छ । तसर्थ दिउँसो खाजाको रुपमा प्रयोग गरिने यस्ता उच्च फ्याटयुक्त खानाहरु खानुभन्दा घरमै बनाइएका मासुका केहि टुक्राहरु खानु नै उपयुक्त रहन्छ ।

    ७. मह
    हामीलाई थाहा छ, महमा चिनीको मात्रा उच्च रहने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन । तर, यसको अर्थ मधुमेहका बिरामीले मह खान छोड्नुपर्छ भन्ने होइन । यद्यपि अन्य खानाको मात्रासंग मिलाएर भने यसको सेवन अवश्य गर्न सकिन्छ ।

    ८. ह्वाइट राइस(सेतो चामल)

    यसप्रकारको चामललाई स्वादिलो एवम् आकर्षण बनाउन तथा प्रशोधित गरी लामो समयसम्म उपभोगयोग्य बनाउनका लागि भुस र किटाणुरहित बनाइएका हुन्छन् ।

    यसमा कार्वोहाइडेट तथा ल्ग्याईसेमिक सुचांकको उच्च मात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ ।
    तसर्थ मधुमेहका बिरामीले आफ्नो ह्वाइट राइस सेवनको बानीलाई सुधार्नुपर्छ ।

    सेतो पाउरोटी समेत ह्वाइट राइसबाट नै बन्ने हुँदा मधुमेहका बिरामी यसको सेवनबाट टाढै रहन्छन् भने, यसको विकल्प स्वरुप उनीहरु ब्राउन वा वाइल्ड राइसको सेवन गर्छन् ।

    ९. भुटेका वा तारिएका खाना

    भुटेका वा तारिएका खानामा नदेखिने फ्याट तथा तेल हुने भएकाले यस्ता खाना मधुमेह बिरामीका लागि अवस्थ्यकर मानिन्छ । जसकारण मधुमेहका बिरामीले तारिएका खाना प्रयोग गर्नुहुदैन ।

    यद्यपि यसको बदलामा उसिनेको वा पोलेका खानाको प्रयोग गर्न सकिन्छ ।
    तारिएका खानाअन्र्तगत फ्रेन्च फ्राई, आलु समोसा एवम् कडा भुटेको चिकेन लगायतका खानाहरु पर्दछन् ।

    १०. फास्ट फुड(तयारी खाना)

    फास्ट फुड पकाउन एवम् उपभोग गर्न सहज होस् भन्ने उद्देश्यका साथ तयार गरिएका खाना हुन् । यद्यपि यस्ता खाना स्वास्थ्यको दृष्टिकोणले उचित मानिदैन ।

    सामान्यतयाः फास्ट फुडमा चिनी एवम् फ्याटको मात्रा उच्च रहने भएकोले यसको सेवन मधुमेह बिरामीका लागि हानिकारक मानिन्छ । यद्यपि कम फ्याट एवम् कार्वोहाइडे्रट भएको तरकारी वा मासुद्वारा निर्मित फास्ट फुडको सेवन भने गर्ने सकिन्छ ।

    ११. ड्राई फ्रुट्स
    यस्ता खानामा भएका पानीलाई घामको किरण वा अन्य विविध माध्यमद्वारा निखारी सुख्खा बनाइएको हुन्छ ।
    जसमा फाइबर, मिनरल्स एवम् भिटामिनको मात्रा अधिक रहन्छ । साथै यी खाना चिनी तथा क्यालोरीको दृष्टिकोणले पनि भरिपुणर् हुने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन ।