बिश्वकपमा नेपाललाई कमजोर टिम सोच्ने भुल नगर्न दिपेन्द्रको विपक्षीलाई चूनौती !

    नेपालका अलराण्डर दिपेन्द्र ऐरीले नेपाललाई हलुका रुपमा नलिन जुनदिन जुन टिमलाई हराउने क्षमता आफुहरुसँग रहेको बताएका छन् ।

    एक अन्तरर्वार्तामा सबै कुरा सहि भए कम्तीमा दुई खेल आफै फिनिस गरेर जिताउने बताएका छन् । हार र जित जुन अबस्थामा पनि टिमलाई समर्थन गर्नुपर्ने भारतका दिग्गज खेलाडी युवराज सिंहको रेकर्ड तोडेर बिश्व रेकर्डमा आफ्नो नाम दर्ज गर्न सफल ऐरीले बताएका छन् ।

    आफ्नो तर्फबाट ११० प्रतिशत तयारी गरेको र सोलाई सहि तरिकाले अप्लाई गर्न सके जुनदिन जुन टिमलाई समेत हराउँदा कसैले आश्चर्य मान्नुपर्ने छैन् भन्दै उनले यस्तो बताए ।

    देशका लागि खेल्दा हारजित स्वभाविक हुन्छ । तर जुन टिम बनेको छ यो टिम एकढिक्का छ । बिश्वकपमा हामी बलियोे टिमलाई अपसेट गर्ने रणनीतिका साथ मैदान झर्ने उनले बताए ।

    ६ बलमा लगातार २ पटक ६ छक्का हानेर बिश्व रेकर्ड बनाएका दिपेन्द्र संसारको उत्कृष्ट फिल्डर हुन् । उनले गरेका फिल्डिगंहरु संसारभर चर्चित छन् । क्यानडाको ग्लोबल लिगमा गरेको फिल्डिगंले उनी बिश्व समूदायको चर्चामा आउन सफल रहे ।

    ऐरी फिनिसरको भूमिका औधी रुचाउँछन् । आफुले सकेको मिहिनेत गरेर बिश्वकपमा ठूलो टिमलाई अपसेट गराउने आफ्नो मास्टरप्लान रहेको समेत उनले खुलाए ।

    कुनैबेला खल्तीमा चिउरा बोकेर खेल्न हिड्ने दिपेन्द्रसिंह ऐरी अहिले अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा कसैले तोड्न नसक्ने खेलाडी बनेका छन् । उनले जिन्दगीका उकाली ओराली र सङ्घर्षलाई अवसरका रुपमा लिन्छन् ।

    दिपेन्द्र अहिले संसारकै टप १० अलराण्डरमा पर्दछन् । उनले भारतका रोहित शर्मादेखि चर्चित हस्तिहरुलाई समेत पछि पारेका छन् ।

    यसका लागि हरेक खेलाडीले आफ्नो क्षमता र स्किलमा ध्यान दिनुपर्ने उनको आशय थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *