आफ्नै श्रीमतिको नाङ्गो भिडियो सार्वजानिक गरेपछि, काठमाडौँमा परे श्रीमान पक्राउ

    आफ्नै श्रीमतीका गोप्य अंगका तस्बिर/भिडिओ सार्वजनिक गरेको आरोपमा काठमाडौँमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    वैदेशिक रोजगारीमा रहँदा वाट्सएप कुराकानी गर्ने क्रममा श्रीमान्-श्रीमतीबीच आदानप्रदान भएका गोप्य अंग देखिने तस्बिर/भिडिओ सार्वजनिक गरेको आरोपमा मकवानपुरको छतिवन बकैया गाउँपालिका-७, चुलुङ्गा स्थायी घर भई हाल काठमाडौ–३२, जडिबुटीमा बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। पीडितकी दिदीले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पीडितका गोप्य अंग देखिने तस्बिर/भिडिओ फेक अकाउन्ट बनाई स्टोरीमा समेत अपलोड गरी पीडितका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा पठाउने व्यक्ति पीडितकै श्रीमान् भएको पत्ता लागेको ब्युरोले जनाएको छ। रुम्बालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा वैशाख २७ गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गराई अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले शुक्रबार जानकारी दिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *