कसरी हटाउने त खुट्टा गनाउने समस्या ? यी उपाय अपनाउनु ।

    जाडो मौसममा भन्दा गर्मी मौसममा हामीले हाम्रो शरिरको सरसफाईमा एकदमै ख्याल राख्नुपर्ने हुन्छ । किनभने गर्मी मौसमा शरीरबाट धेरै पसिना आउने र दुर्गन्ध आउने समस्या बढि देखिन थाल्छ । यो समस्याको मुख्य कारण भनेको शरीरमा अधिक पसिना आउनु हो । अधिक पसिनाले गर्दा हाम्रो छालामा प्राकृतिक रुपमा पाइने ब्याक्टेरिया र फंङ्गलको स्तर धेरै मात्रामा बढ्न जान्छ, जसले गर्दा दुर्गन्ध आउने गर्छ ।

    यस्तो अवस्थामा दिनँहु नुहाउदा शरीर सफा हुनुको साथै दुर्गन्धबाट पनि बच्न सकिन्छ । हामी बाहिर गएर आउने बित्तिकै हातखुट्टा मुख धुर्ने गछौँ । तर खुट्टा जति राम्रोसँग धोए पनि धेरैको खुट्टामा दुर्गन्ध आउने गर्छ । यसको कारण लगातार जुत्ता मोजाको प्रयोग पनि हुन सक्छ ।

    दिनभरि जुत्ता मोजा लगाउँदा खुट्टाबाट पसिना निस्कने र त्यहि पसिना गुम्सिएर रहन्छ । बन्द वातावरणले ब्याटेरिया र फङ्गलको वृद्धिलाई बढावा दिन्छ । र दुर्गन्ध आउने सम्भावना बढ्दै जान्छ । यस्तो अवस्थामा केहि सरल उपायहरु अपनाएर खुट्टाको दुर्गन्धबाट बच्न सकिन्छ । आज हामी तपाईंहरुलाई यहि सरल उपाएका बारेमा केहि जानकारी दिनेछौँ ।

    खुल्ला खालका जुत्ताको प्रयोग गर्ने

    हामीले गर्मी मौसममा खुल्ला–खुल्ला जुत्ता वा चप्पलको प्रयोग गर्नुपर्छ । जसले गर्दा खुट्टाको छाला र पैतलाले खुल्ला वातावरणमा स्वतन्त्र रुपमा सास फेर्न सक्छ । जसको कारण पसिना कम आउने हुन्छ र खुट्टामा ब्याक्टेरियाहरु जम्मा हुन पाउँदैन । हामीले प्लास्टिकबाट बनेको स्यान्डल वा चप्पलको प्रयोग भने गर्नु हुँदैन । किनभने यो नै पसिना आउने र दुर्गन्ध फैलाउने कारण पनि बन्न सक्छ ।

    मोजा परिवर्तन गर्ने


    कतिपयले एउटै मोजा ३–४ दिनसम्म पनि लगाउने गर्छन् । एउटै मोजा धेरै दिनसम्म लगाउँदा पसिना आउने र मोजा ओसिलो हुने गर्छ । जसले गर्दा ब्याक्टेरिया उत्पन्न हुन्छ र गन्धको कारण बन्न जान्छ । त्यसैले हामीले हरेक दिन सफा मोजाको प्रयोग गर्नुपर्ने हुन्छ ।

    खुट्टाको सरसफाइमा ध्यान दिने

    हामीले अफिस वा घर बाहिर गएर आएपछि आफ्नो खुट्टालाई राम्रोसँग साबुन पानीले धुने गर्नुपर्छ । धोइसकेपछि सफा कपडाले सुख्खा हुनेगरि पुस्नुपर्छ । विशेष गरी औँलाको बिच भागमा राम्रोसँग पुस्नुपर्छ । किनभने औलाको कुनामा चिसो बसिरहदा गन्ध आउने सम्भावना धेरै हुन्छ । नियमित रुपमा खुट्टाको नङ पनि काट्ने गर्नुपर्छ । यसरी हामीले नियमित रुपमा खुट्टाको सरसफाईमा ध्यान दिनुपर्छ ।

    फङ्गल इन्फेक्सन छ छैन जाँच गर्ने

    हामीले हाम्रो खुट्टा र औलामा फङ्गल इन्फेक्सन छ कि छैन भनेर सधै जाँच गर्ने गर्नुपर्छ । प्राय औलाको बिच भाग सेतो देखिने गर्छ । यो फङ्गल इन्फेक्सनको लक्षण पनि हुन सक्छ । यदि यस्तो भएमा छाला विशेषज्ञको सल्लाह लिर्नुपर्छ ।

    एन्टिफङ्गल पाउडरको प्रयोग गर्ने

    यदि तपाईंलाई फङ्गलको इन्फेक्सन देखिएमा एन्टिफङ्गल पाउडरको प्रयोग गर्न पनि सकिन्छ । खुट्टा गन्धबाट दिक्क हुनुभएको छ भने मोजा लगाउनुभन्दा पहिले यो पाउडर लगाउन पनि सकिन्छ । यस्तो पाउड बजारमा सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *