बैशाख २९ शनिवार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    तपाइँको आत्मियता निकै संबेदनशील बन्नेछ । परिणाम स्वरुप कसैको वाणी या व्यवहारले तपाइँको मनमा चोट पुग्दछ । मानसिक भयको साथ शारीरिक अस्वस्थताले तपाइँलाई चिन्तित बनाउँछ । सवारी चलाउँदा निकै सावधानी अपनाउनु पर्नेछ । महत्वपुर्ण दस्तावेज नगर्नु नै उचित हुनेछ । कार्यालय या अन्य स्थानमा स्त्री वर्गबाट हानी पुग्ने सम्भावना रहेको छ । विद्यार्थीको लागी मध्यम दिन छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    चिन्ताको बोझबाट राहत मिल्नुको साथै स्फूर्ति र उत्साहको अनुभव हुनेछ । भावुकताको प्रभावले कल्पनाको जगतमा रमाउने दिन छ । तपाइँको आन्तरिक कला र साहित्यलाई बाहिर ल्याउन निकै राम्रो दिन छ । परिवारजन तर्फ विशेष ध्यान दिनु हुनेछ । मित्रको साथ प्रवासको आयोजना हुनेछ । आर्थिक आयोजना पुरा हुनेछ । मनपर्ने भोजन मिनेछ । भाग्य वृद्धिको अवसर प्राप्त हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    तपाइँको कार्यमा सफलता मिल्नेछ तर थोरै ढिलाई हुनेछ । तर पनि त्यसमा प्रयत्न जारी राख्दा कार्य पूर्ण हुनेछ । आर्थिक आयोजनामा अवरोध पश्चात प्रशस्त मार्ग रहेको प्रतित हुनेछ । नोकरी व्यवसायमा साथि कार्यकर्ताहरुको पूर्ण सहयोग मिल्नेछ । परिवारमा आनन्दको वातावरण हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    शारीरिक तथा मानसिक सुख मिल्नेछ । मित्र र स्वजनको साथ आनन्द र उल्लास पूर्ण दिन व्यतित हुनेछ । मन प्रफुल्लित रहनेछ । दाम्पत्य जिवनमा जिवनसाथी प्रति विशेष आकर्षण अनुभव हुनेछ जसमा मधुरता रहनेछ । प्रवासको सम्भावना र आथिक लाभको योग रहेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    चिन्ताको भारले स्वास्थ्यलाई हानी पुर्याउनेछ । कसैको साथ वादविवादमा पर्नु हुनेछ । अदालतको काममा सावधानी अपनाउनु पर्नेछ । भावनाको प्रभावमा परेर कुनै पनि खालको अविचारी काम नगर्नु होला । वाणी या व्यवहारमा संयम अपनाउनु आवश्यक छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    शारीरिक र मानसिक स्वस्थताको साथ तपाइँको आजको दिन विविध खुसियाली र उपहारले भरिपुर्ण हुनेछ । व्यापारी र नोकरीमा आर्थिक लाभ हुनेछ । उच्च पधाधिकारीहरु खुसि हुने हुँदा पदोन्नतिको सम्भावना बढ्नेछ । विवाहोत्सुक व्यक्तिहरु अनुकुल परिस्थितिहरु निर्मित हुनेछ । स्त्री मित्रहरु लाभदायक साबित हुनु हुनेछ । प्राकृतिक सौन्दर्य स्थलमा पर्यटन हुनेछ । वैवाहिक सुखको भरपुर आनन्द पाउनु हुनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज तपाइँको कार्य सरलता पुर्वक पुरा हुनेछ । मान-सम्मानमा वृद्धि हुनेछ । अफिसमा उच्च पधाधिकारीको तर्फबाट प्रोत्साहन मिल्दा तपाइँको आत्मविश्वास बढ्नेछ । व्यापारीको व्यापार तथा आयमा वृद्धि हुनेछ । गृहस्थ जिवन आनन्दपूर्ण रहनेछ । उत्तम सांसारिक सुख प्राप्त हुनेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    थकान, आलस र चिन्ताले कार्य गर्ने उत्साह मन्द भएको प्रतित हुनेछ । विशेष रुपले सन्तान चिन्ताको कारण बन्नेछन् । कार्यक्षेत्रमा पनि अधिकारीवर्गको नकारात्मक व्यवहारले तपाइँ भित्र निराशा छाउनेछ । प्रतिस्पर्धी र विरोधीको शक्ति बढ्नेछ । व्यवसायमा कठिनाई हुनेछ । महत्वपुर्ण निर्णय नलिनु होला ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    विमारी र क्रोधवशको कारण तपाइँको मानसिक व्यवहार निराशापूर्ण रहन्छ । त्यसैले क्रोधमा नियन्त्रण राख्नु होला । सरकार विरोधी प्रवृति तथा नयाँ सम्बन्ध उपाधि हुनेछ । कुनै कारणले समयमा भोजन पाइदैन । अत्याधिक खर्चमा नियन्त्रण गर्नु होला । झगडा-विवादह बाट टाढा रहनु होला ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यभार र मानसिक टेन्शनबाट राहत मिल्नेछ । संगी-सम्बन्धिको साथ खुसिपूर्वक आजको दिन व्यतित गर्नु हुनेछ । विपरित लिंगीय व्यक्तिहरु प्रति आकर्षण अनुभव गर्नु हुनेछ । उत्तम वैवाहिक सुख प्राप्त हुनेछ । व्यापारी आफ्नो वापारको विस्तार गर्न सक्नु हुनेछ । आर्थिक लाभ र मानसम्मानमा वृद्धि हुनेछ । प्रिय व्यक्तिको साथ भेटघाट हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    तपाइँलाई आज कार्यभारमा सफलताको साथ यश मिल्नेछ । पारिवारिक सदस्यको साथ अधिक प्रेमपुर्ण व्यवहार रहनेछ । शारीरिक तथा मानसिक स्वस्थता रहनेछ । घरमा आनन्द र उत्साहको वातावरण रहनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
    तपाइँलाई निहित सृजनात्मकता गति मिल्नेछ । तपाइँको साहित्य क्षेत्रमा लेखन तथा पठनमा गहिरो रुचि रहनेछ । स्वभावमा भावुकता र कामुकताको प्रबलता अधिक रहनेछ । स्वास्थ्यको दृस्टीमा मध्यम दिन रहनेछ । मानसिक सन्तुलन र वाणीमा संयम राख्नु आवश्यक छ ।

     

    बैशाख २९ शनिवार, तपाईको राशिफल

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *