ललितपुरको कुपण्डोलमा कार दुर्घटना

ललितपुरको कुपण्डोलमा कार दुर्घटना भएको छ । शनिबार बिहान साढे ५ बजेतिर बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरी प्रभाग कुपण्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ । जसका कारण त्यस क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ । प्रहरीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार दुर्घटना भएको हो ।दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ । कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी प्रभाग कुपण्डोलले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *