कसरी पठाउन सकिन्छ त ठुलो साइजका फाइलहरु इमेलबाट ?

    सूचनाहरू आदानप्रदान गर्न गुगल स्वामित्वको इमेल सेवा आजकाल महत्त्वपूर्ण साबित भएको छ ।
    व्यावसायिक प्रयोजनका लागि वा व्यक्तिगत कामका लागि कतिपय अवस्थामा सबैले इमेलहरू पठाउने गर्छन् । इमेलबाट विभिन्न किसिमका फाइलहरू पठाउन सकिन्छ । तर त्यसमा २५ एमबीभन्दा ठुला फाइलहरू पठाउन सकिँदैन । आज हामी तपाइलाई इमेलमार्फत नै धेरै ठुला फाइलहरू पठाउने उपायका बारेमा जानकारी दिँदै छौँ ।

    गुगल ड्राइभ

    इमेलमार्फत ठूला साइजका फाइल पठाउनका लागि गुगल ड्राइभको प्रयोग गर्न सकिन्छ । गुगल ड्राइभबाट ठूला फाइलहरू पठाउनको लागी तलको उपाय अपनाउन सकिन्छ ।

    – सबैभन्दा पहिले आफ्नो डिभाइसमा गुगल ड्राइभ एप खोल्ने ।

    – त्यसपछि दायाँपट्टि रहेको प्लस न्यू बटनमा क्लिक गरेर अपलोडको अप्सन छान्ने ।

    – आफूले चाहेको फाइल छानिसकेपछि माथि दायाँपट्टि रहेको सेलेक्टको अप्सनमा क्लिक गर्ने ।

    – गुगल ड्राइभमा फाइल अपलोड भइसकेपछि फाइलको दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्ने ।

    – यति गरिसकेपछि शेयरको अप्सन क्लिक गर्दा प्राप्त हुने लिङ्क इमेल मार्फत चाहेको ठेगानामा पठाउने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *