यस्तो छ टिम नेपालको अमेरिकामा प्रशिक्षण तालिका

    काठमाडौँ । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्बजनिक गरेको हो । जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने छ । त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ मे सम्म रहने जानकारी दिएको छ । त्यसपछि नेपाली क्रिकेट टिम फेरी अमेरिकाको हस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *