आफ्नै श्रीमतीले दिइन नेपाल आइडल विजेता ओडलाइ वैवाहिक बलात्कार मुद्दा, ४ दिनदेखि प्रहरी थुनामा

    धनगढी । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मा सर्मपण गरेका छन् । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जाेशीले बताए । जाेशीकाअनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनकाे म्याद थप गरेर अनुुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले साेही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएकाे थियो । तर ओड सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *