फिटकीरीका यती धेरै फाइदा

    फिटकीरीमा हुने म्याग्नेसियम सल्फेट मानव कोषको महत्त्वपूर्ण हिस्सा हो । म्याग्नेसियमले शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर स्वस्थ राख्न मद्दत गर्छ । फिटकीरीका फाइदा र प्रयोग गर्ने तरिका यहाँ प्रस्तुत गरिएको छ–

    १. हप्तामा एक पटक मनतातो पानीमा फिटकीरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।

    २. हप्तामा दुई–तीन पटक तातोपानीमा एक कप फिटकीरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकीरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।

    ३. एक कप पानीमा दुई चम्चा फिटकीरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।

    ४. बाथ टबमा फिटकीरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्ट अट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।

    ५. फिटकीरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकीरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *