जान्नुहोस् अमलाका रोचक फाइदाहरु

    – अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लड सुगर नियन्त्रण गर्छ ।

    – यसमा पानीको मात्रा प्रशस्त हुने भएकाले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।

    – आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

    – अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ ।

    – अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्‍याउँछ ।

    – अमला कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।

    – अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छन् । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ । अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *