गर्मीको समयमा एसी खोलेर सुत्दा हुन सक्छ यी समस्या

    दिनहुँ तापक्रम बढ्दै गइरहेको छ यस्तो अवस्थामा एसीको प्रयोग गर्नु अत्यावश्यक पनि हुने गर्छ । तर लामो समय एसीमा बसिरहँदा स्वास्थ्य सम्बन्धी समस्याहरु हुन सक्छन् । नियमित एसीमा बस्ने वा रातभर एसी खोलेर सुत्ने गर्नाले विभिन्न स्वास्थ्य समस्याहरु हुन्छन् । यसबारेमा विस्तारमा जानौं । एसी खोलेर रातभर सुत्ने गर्दा टाउको दुख्ने समस्या हुन सक्छ । एसी चलिरहँदा यसको चिसो हावा विस्तारै टाउकोमा लगातार आइरहन्छ जसले गर्दा टाउकोमा भारीपन महसुस हुन सक्छ । रातभर एसी खोलेर सुत्ने बानी छ भने यसले छालामा पनि नराम्रो असर पर्छ । जसले गर्दा छाला सुख्खा र रुखो हुने र छालाको चमक पनि कम हुने हुन्छ । लामो समयसम्म एसी खोलेर बस्ने बानीले हड्डी पनि कमजोर हुन सक्छन् । किनकी शरीरलाई लामो समय अत्यधिक चिसो वातावरण राखिरहँदा हड्डीसँग जोडिएका समस्याहरु हुने अत्यधिक सम्भावना हुन्छ । एसीमा लामो समय रहँदा शरीरमा प्राकृतिक हावा आउन पाउँदैन जसले गर्दा तपाईंलाई थकान महसुस हुन सक्छ । शरीरलाई ऊर्जावान बनाइराख्नका लागि प्राकृतिक ताजा हावाको आवश्यकता पर्दछ । कतिपयलाई लगातार एसीमा बसिरहँदा रुघाखोकी लाग्ने समस्या हुन्छ । साथमा दम तथा छातीमा अन्य समस्या भएका व्यक्तिलाई यस्तो समस्या अझै छिटो हुने गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *