पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्नुहँदै उहाँले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रका लागि निजी क्षेत्र नै अगाडि सर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि नसरेसम्म कुनै विकल्प नै छैन । सरकार अगाडि सरेर स्वास्थ्य क्षेत्रमा विकासका कामहरु अगाडि बढाउन सकिन्छ, आधारभूत शिक्षामा पनि काम गर्न सकिन्छ तर पर्यटन क्षेत्रमा काम गर्नका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । निजी क्षेत्र अघि सरकारी क्षेत्र पछि अनि मात्र पर्यटनको विकास सम्भव छ ।’

यस्तै, उहाँले पर्यावरण मैत्री पर्यटनको विकास गर्नुपर्ने भन्दै प्रकृतिमाथिको अतिक्रमणको खतरा जोगिएर पर्यटनको विकास गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यावरणमैत्री पर्यटनको विकास यसले हाम्रो प्रकृतीलाई जोगाउने, प्रकृतितीमाथिको जुन अतिक्रमणको खतरा छ त्यो खतराबाट जोगिएर पर्यटनको विकास गर्ने कुरा हामीले ध्यान दिनुपर्छ । त्यस्तै अहिले डिजिटल समयमा यो आइटीले विकासको शिखर चुमेको अवस्थामा हामीले डिजिटल माध्यमबाट डिजिटल कलचर्ल टुरिजम्लाई प्रवर्द्धन गर्ने, यसको विकास, प्रचार गर्ने काम हामीले समात्नु पर्ने छ ।’

भावनामा बगेर धेरै बोल्ने तर कार्यान्वयनमा कमजोर भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बाटोमा जानुपर्ने पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *