‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्त्वपूर्ण कदम हो : मुख्यमन्त्री पाण्डे

काठमाडौँ, १५ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको बताउनुभएको छ ।

सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उहाँले यो खेलकुद कार्यक्रम मात्रै नभइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्चसमेत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको छ । यो एउटा खेल मात्रै नभइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत हो । गहिरो मित्रता प्रदर्शन गर्ने फूल हो । नेपाललाई एक उत्कृष्ट अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्ने महत्त्वपूर्ण कदम पनि हो ।’

साथै उहाँले गत वर्षहरुको भन्दा यो वर्ष फेस्टिभलमा बढी सहभागिता भएको खुसी लागेको समेत बताउनुभयो । उहाँले यो फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *