मानव सेवाभन्दा ठुलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल

काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरु कुनै धर्म नभएको बताउनुभएको छ । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभयो ।

मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखिनै ‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवर्द्धन महाअभियानमार्फत् सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउनुभयो ।

आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममार्फत् नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न संघसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त रााष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *