नक्कली इन्सपेक्टर बनी ठगी गर्ने २ जना पक्राउ

नक्कली इन्सपेक्टर बनी ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ, २२ पुस । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नम्बर १० घर भएका ३८ वर्षीय सुदीप थापा र काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्दै आएका ४४ वर्षीय किशोर कुमार रहेका छन् ।

नेपाल प्रहरीको प्रहरी निरीक्षकको पेशाको दुरुपयोग गरी नक्कली प्रहरी परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसमेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा टेकु कार्यालयबाट खटीएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ थापाचोकबाट पक्राउ गरेको हो ।

उक्त ठगी कार्यमा संलग्न सुदीप थापा र किशोर कुमार चौधरी समेत २ जनालाई नियन्त्रणमा लिई ठगी तथा लिखितसम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *