शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : महेश बर्तौला

शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : महेश बर्तौला

मकवानपुर, ११ माघ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताउनुभएको छ ।

मकवानपुरको हेटौँडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औँ जिल्ला अधिवेशनमा बोल्नुहुँदै बर्तौलाले यस्तो बताउनुभएको हो ।

‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कँदै गर्दा आफूसँगै आफ्ना नानीबाबु विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्ने छ,’ उहाँले भन्नुभयो ।

शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने विषय पनि बाहिर उठेको भन्दै उहाँले भन्नुभयो,‘ शिक्षकहरु संघीयता विरोधी होइनन् । कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराइरहेका छन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’

हिजो सिङ्गो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै सशक्त हुन जरुरी भएको बताउनुभयो । आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराउने तयारी रहेको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *