बिश्व रेकर्ड बनाएका ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछानेलाई बिश्वकप खेल्नका लागि पठाउने तयारी भएको छ । एक दशकपछि क्रिकेटमा बिश्वकपमा छनोट भएको नेपालको टोलीमा लेग मिस्ट्री स्पिनरको अभाव भएपछि उनलाई पठाउनका लागि क्यानले बाटो खाली गर्न लागेको छ।
क्यानका उच्च पदाधिकारीका अनुसार गल्तीले केही पदाधिकारीको मिलेमतोमा एकलौटी तरिकाले निलम्बन गरेकाले सो निलम्बन फुकुवा गर्ने तयारी रहेको स्रोतले बतायो ।
नेपालको टिममा क्वालिटि लेगस्पिनको खडेरी रहेकाले अदालतसँग अनुमति मागेर लामिछानेलाई आपतकालिन अबस्था आएकाले तत्काल अमेरिका पठाउने क्यानका एक उच्च अधिकारीले बताए ।
देशका लागि अदालतले खेल्न जान अनुमती दिने उनको बिश्वास थियो ।
केही क्यानकै पदाधिकारीहरु भने सन्दीपको निलम्बन फुकुवा नगर्ने बताईरहेका छन् । उनीहरु न्यायीक प्रक्रियामा गएको विषयलाई चलाउन नहुने भन्दै निलम्बन फुकुवा नगर्ने पक्षमा छन्।
क्यानभित्र अहिले लामिछाने पक्ष र विपक्षहरु दुई ध्रुबमा विभाजित भएका छन् । कोही बिश्वकप खेल्न पठाउने र कोही पठाउन नहुने पक्षमा छन् ।
केही पदाधिकारीहरु भने सन्दीपको पछिल्लो खुलासाप्रति झस्किएका छन् ।उनले क्यानकै केही पदाधिकारी,अभियान्ता र मिडियाको मिलेमतोमा आफुलाई षडयन्त्रपुर्वक फसाउन घटना घटाएको ठोकुवा गरेका छन्।